Home मुख्य समाचार बागमती प्रदेशको दोस्रो आवधिक योजना मन्त्रिपरिषद्बाट स्वीकृत

बागमती प्रदेशको दोस्रो आवधिक योजना मन्त्रिपरिषद्बाट स्वीकृत

बागमती प्रदेशको दोस्रो आवधिक योजनाबारे जानकारी गराउँनु हुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ

हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषदको शुक्रबार विहान बसेको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको हो ।

प्रदेश नीति तथा योजना आयोगले विभिन्न चरणमा छलफल गरी तयार गरेको आवधिक योजना स्वीकृत गरिएको सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिनुभएको छ । स्वीकृत आवधिक योजना आगामी आर्थिक बर्षदेखि लागु हुनेछ । आर्थिक बर्ष २०८१/०८२ बाट लागु हुने दोस्रो आवधिक (पञ्चवर्षीय) योजना २०८५/०८६ सम्म संचालन हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्रिपरिषद बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ समेत स्वीकृत गरेको छ भने आयुर्वेदिक औषधी उत्पादन संहिता तथा आयुर्वेद औषधीको लेवल स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ ।

Exit mobile version