हेटौंडाः हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको इको क्लबले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा–१० की छात्रा सृष्टि दोङ प्रथम भएकी छिन् । विद्यालयले विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरेको ‘हाम्रो भूमि, हाम्रो भविष्य’ विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा–१० कै छात्रा पद्मा लामा द्वितीय भएकी छिन् भने कक्षा–९ की छात्रा शिवानी मगर तृतीय भएकी छिन् ।
कक्षा–१० की रिया तामाङ र कक्षा–९ का निशान्त लामा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुले क्रमशः २ हजार रुपैयाँ, १ हजार ५ सय रुपैयाँ, एक हजार रुपैयाँ र ५–५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विद्यालयका १४ जना विद्यार्र्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी प्रतियोगिहरुलाई प्रोत्साहनस्वरुप २ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
विद्यालयको इको क्लबका अध्यक्ष करणराज तिमल्सिनाको सभाध्यक्ष तथा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विक्रमबहादुर पण्डितको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीको विशिष्ट आतिथ्य रहेको थियो ।
यस्तै, वातावरण दिवसको अवसरमा विद्यालय परिसरमा धुपी र फलफूल गरी करिब ५० वटा विरुवा रापिएको विद्यालयका शिक्षक पूण्यशिला श्रेष्ठले जानकारी दिनुभएको छ । विद्यालयको हाताभित्र वातावरण सचेतनासम्बन्धी ¥र्याली र सरसफाइ गरिएको उहाँले बताउनुभयो । ¥यालीमा कक्षा–८, ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो भने विद्यालय परिसर सरसफाइ कक्षा–६, ७ र ८ का करिब ५० जना विद्यार्थीहरुले गरेका थिए ।











