ज्ञानेन्द्र लामिछाने ।

हेटौँडाः हेटौँडा–९, पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ज्ञानेन्द्र प्रसाद लामिछाने चयन हुनुभएको छ । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले लामिछानेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको प्रगति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो ।

गत बैशाख २९ गते भएको २३ औं अभिभावक भेलाले नयाँ समिति चयनका लागि प्रस्ताव गरेको थियो । नयाँ समितिको सदस्यमा भगवान राना मगर, नवराज कोइराला, नारायणी पराजुली र सुशीला खतिवडा चयन हुनु भएको थियो । ज्ञानेन्द्रप्रसाद लामिछाने र गोमा न्यौपानेलाई मनोनित समेत गरिएको थियो । १२ कक्षासम्म पठनपाठन हुने प्रगति माध्यमिक विद्यालयमा १ हजार २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।