हेटौँडाः नेकपा एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदका उम्मेदवार पोखरेलले कुल खसेको ७६५ मत मध्ये ३१३ मतका साथ जित हासिल गर्नुभएको हो ।
अध्यक्षका अर्का प्रत्यासी इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त गरे । अध्यक्ष पदका प्रत्यासी लालबहादुर थापा र देवराज रिमालले क्रमशः १६६ र ११ मत प्राप्त गरे । एमाले मकवानपुरको उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिवमा खुलातर्फ फुर्वा दोर्जे लामा र उपसचिव महिलातर्फ आरती पाठक विजयी हुनुभएको छ ।
उपाध्यक्षमा ४७६ मतसहित हिदम लामा विजयी हुनुभएको हो । उपाध्यक्ष पदका आकांक्षी सुनिल मोक्तानले १९७ मत, भरत दुलालले ३८ मत र ध्रुव चौलागाईले २६ मत प्राप्त गर्नुभयो । सचिवमा सीता विष्ट २९७ मतसहित विजयी हुनुभएको हो । सचिवका आकांक्षी मदन दाहालले २५५ मत, राजन थापाले १७१ मत प्राप्त गर्नुभयो ।
उपसचिव खुलातर्फ फुर्वा दोर्जे लामाले २४१ मतसहित जित हासिल गर्नुहुँदा उपसचिवका आकांक्षी दीपक खड्का, ईन्द्रप्रसाद नेपाल, कृष्ण प्रसाद चौलागाईंले र खेम जर्गा मगरले क्रमशः १६७, १२९, ८६ र १०० मत प्राप्त गर्नुभयो । उपसचिव महिलातर्फ आरती पाठक २४१ मतसहित निवाचित हुँदा कल्पना बलामीले १५६ मत, जुना दाहालले १५२ मत र पार्वती राना १७२ मत पाउनुभयो ।
५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि आइतबार मतदान भएको थियो । निर्वाचन समितिले सदस्यतर्फ भएको निर्वाचनको मतगणना सोमबार साँझ ५ बजेबाट सुरु गर्ने जनाएको छ ।