हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः किसानले आज बुधबारबाट लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट ३४५ रुपैयाँ पाउने भएका छन् । मकवानपुर कुखुरा व्यवसायी संघले मंगलबार किसानले पाउने मूल्य प्रस्ताव गरेको हो । मंगलबारसम्म किसानले अण्डाको मूल्य प्रतिक्रेट ३०५ रुपैयाँ पाएका थिए । अण्डाको माग बढेसँगै मूल्यमा सुधार भएको मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो ।

मकवानपुरमा दैनिक १ हजार २ सय ५० काटुन अण्डा उत्पादन हुने बताइएको छ । मकवानपुरमा उत्पादन भएको अण्डामध्ये करिब एक हजार काटुन अण्डा जिल्लाबाहिर निर्यात हुने गरेको छ । मकवानपुरबाट काठमाडौं, दोलखासँगै बारा, पर्सा, रौतहट, जनकपुरमा अण्डा निर्यात हुने गरेको छ । लकडाउनका बेला प्रतिक्रेट १७० रुपैयाँसम्ममा अण्डा विक्री गरेका किसानले अहिले राम्रो मूल्य पाउने भएका छन् ।