हेटौडाः मकवानपुरको मनहरी र पदमपोखरीको एक एक जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज हेटौडा–४, कर्रा स्थित आइसोलेसन वार्डबाट कोरोना मुक्त भएका २ जना सहित ३ जना डिस्चार्ज भएका छन् । कुबेतबाट आएका मकवानपुरगढि गाउँपालिकाका २९ बर्षिय एक पुरुषको पनि कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

पदमपोखरीकी ६५ बर्षिय कोरोना संक्रमित महिला र मनहरी गाउँपालिकाको २६ बर्षिय पुरुषको चौथौ पटक कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गरिएको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो ।

आज आइसोलेसन वार्डमा २३ जना रहेका छन् । उनीहरु मध्ये २१ जनाको स्वांब संकलन गरेर कोरोना परिक्षण गर्न हेटौंडा–१०, स्थित कोरोना प्रयोगशालामा पठाइएको छ । उनीहरुको रिपोर्ट आउन बाँकि रहेको छ । आज आइसोलेसन वार्डमा भारतीय ८ जना, ७ जना बागमती गाउपालिकाका, ३ जना हेटौंडाका, २ जना बकैयाका, २ जना कैलाशका र १ जना मनहरी गाउँपालिकाका नागरिक रहेको आइसोलेसनका इन्चार्ज चौलागाईले जानकारी दिनुभयो ।