Home अर्थ/व्यापार किसानले आजदेखि लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट ३४५ रुपैयाँ पाउने

किसानले आजदेखि लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट ३४५ रुपैयाँ पाउने

हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः किसानले आज बुधबारबाट लेयर्स कुखुराको अण्डाको मूल्य प्रतिक्रेट ३४५ रुपैयाँ पाउने भएका छन् । मकवानपुर कुखुरा व्यवसायी संघले मंगलबार किसानले पाउने मूल्य प्रस्ताव गरेको हो । मंगलबारसम्म किसानले अण्डाको मूल्य प्रतिक्रेट ३०५ रुपैयाँ पाएका थिए । अण्डाको माग बढेसँगै मूल्यमा सुधार भएको मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो ।

मकवानपुरमा दैनिक १ हजार २ सय ५० काटुन अण्डा उत्पादन हुने बताइएको छ । मकवानपुरमा उत्पादन भएको अण्डामध्ये करिब एक हजार काटुन अण्डा जिल्लाबाहिर निर्यात हुने गरेको छ । मकवानपुरबाट काठमाडौं, दोलखासँगै बारा, पर्सा, रौतहट, जनकपुरमा अण्डा निर्यात हुने गरेको छ । लकडाउनका बेला प्रतिक्रेट १७० रुपैयाँसम्ममा अण्डा विक्री गरेका किसानले अहिले राम्रो मूल्य पाउने भएका छन् ।

Exit mobile version