हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरमा रक्तदान कार्यक्रम भएको छ । टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बिहिबार भएको कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा २ जना महिला र २२ जना पुरुषले रक्तदान गरेका रक्तसञ्चार केन्द्रका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो ।
वातावरण दिवसको अवसरमा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगर समन्वय समितिका अध्यक्ष धु्रव अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । टोल विकास संस्था नगर समन्वय समितिले बिहिबारदेखि २३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा ५२ औं विश्व वातावरण दिवस मनाउँदै छ । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।