सांकेतिक तस्विर ।

हेटौँडाः चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५, मुग्लिङमा पहिरोले पुरीएर स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्ला गेडुवा गाउँपालिका–४, बस्ने ३८ वर्षीय मंगल चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार बिहान ९ बजेको समयमा नारायणगढ सडक खण्डको तिन नम्बर पुलमा पुलको लागि पहाड काट्ने क्रममा बा २ क ८६५१ नम्बरको स्काईभेटर माथिबाट ढुङ्गा सहितको पहिरो खसेर पुरिएको थियो । पहिरोले पुरिएर चालक चौधरी गम्भीर घाइते भएका थिए । घाइते चालकलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा बिहान १० बजेर २२ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।