हेटौंडाः हेटौँडा–११ थानाभर्याङमा भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । शुक्रबार राती १० बजेर १० मिनेटको समयमा थानाभर्याङ स्थित पुर्ब पश्चिम सडक खण्डमा सर्लाहीबाट काठमाडौ तर्फ जादै गरेको ना ७ ख १६७५ नम्बरकोे बसले ठक्कर दिंदा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकको शब हेटौंडा अस्पतालको शब गृहमा राखिएको छ । ठक्कर दिने बस प्रहरी चौकी बसामाडीको नियन्त्रणमा रहेको छ । बस चालक रौतहट जिल्ला चन्द्रनिगाहापुर पौराहीको कृष्ण बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।