हेटौंडाः मकवानपुरका गैससकर्मी कृष्ण धितालसहित परिवार सवार जीप आज साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतमको मृत्यु भएको छ । स्कोर्पियो जीपमा काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा भारतीय नम्बरको भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
धितालकी श्रीमतिको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनमा परी चालक राजन घिमिरे, छोरा अनुज धिताल गम्भीर घाइते छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा धिताल मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा १३ च ५९२९ नम्बरको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० नम्बरको भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।