हेटौंडाः हेटौंडा–४, गर्दोईमा सुस्मिता केसी (थापा) को हत्याका आरोपीलाई मकवानपुर प्रहरीले आज सार्वजनिक गर्दैछ । असार २ गते बन्द भान्छाकोठामा विभत्स तरिकाले मृत भेटिएकी सुस्मिताको हत्यास आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीले सुस्मिता हत्यामा संलग्न भएको आरोपमा सुस्मिताका ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय परिसरमा घटनाका बारेमा जानकारी गराउनुका साथै हत्या अभियोगमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने जनाएको छ । सुस्मिताको हत्यारालाई कारवाही गर्न माग गर्दै मकवानपुरका अगुवा महिलादेखि सर्वसाधारण महिलाले समेत नारा, जुलुस गरिरहेका छन् ।