Home मुख्य समाचार सुस्मिता हत्याका आरोपीलाई प्रहरीले आज सार्वजनिक गर्दै

सुस्मिता हत्याका आरोपीलाई प्रहरीले आज सार्वजनिक गर्दै

हेटौंडाः हेटौंडा–४, गर्दोईमा सुस्मिता केसी (थापा) को हत्याका आरोपीलाई मकवानपुर प्रहरीले आज सार्वजनिक गर्दैछ । असार २ गते बन्द भान्छाकोठामा विभत्स तरिकाले मृत भेटिएकी सुस्मिताको हत्यास आशंकामा प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीले सुस्मिता हत्यामा संलग्न भएको आरोपमा सुस्मिताका ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय परिसरमा घटनाका बारेमा जानकारी गराउनुका साथै हत्या अभियोगमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने जनाएको छ । सुस्मिताको हत्यारालाई कारवाही गर्न माग गर्दै मकवानपुरका अगुवा महिलादेखि सर्वसाधारण महिलाले समेत नारा, जुलुस गरिरहेका छन् ।

Exit mobile version