नगरसभामा सहभागी नगर सभाका सदस्यहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । आज बसेको नगर सभाले नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । जेठ १० गते उपमेयर मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमाथि आज भएको नगरसभाका सदस्यहरुले बोलेका थिए ।

नगरसभामा आफ्नो कुरा राख्नुहुँदै ४ नम्बर वडा सदस्य जनरल श्रेष्ठ ।

आज बसेको नगरसभामा नगरसभाका सदस्यहरु १५ जनाले बोलेका थिए । नगर सभा सदस्यहरुले कर्मचारी प्रशासनले योजना कार्यान्वयनमा अवरोध गरेको, कोरोनाका कारण लकडाउनको अवधिमा वितरण गरिएको राहतको भुक्तानी नपाएको गुनासो गरेका थिए । नगरसभाका सदस्यहरुले बजेट निर्माणको चरणमा वडा सदस्यको भूमिका नखोजिएको आरोप लगाएका छन् । नगर सभाको अध्यक्षता गर्नुभएका हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बजेटमा सुधार गर्नुपर्ने क्षेत्रमा सुधार गरेर जाने बताउनुभयो । बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुने उल्लेख गर्नुहुँदै नियम, पद्दति र कानुनअनुसार उपमहानगरले काम गर्ने मेयर महतले स्पष्ट पार्नुभयो ।

बजेट समितिकी संयोजक समेत रहनुभएकी हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले कोरोना भाइरसको त्रासका बीच सबैको साथ र सहयोगमा उपयुक्त बजेट निर्माण गर्ने कार्य भएको स्पष्ट पार्नुभयो ।