तालिमका क्रममा खिचिएको तस्वीर ।

हेटौँडाः हेटौँडा–१५ मा अभिभावक र विद्यार्थीलाई लागुऔषध दुर्वेशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार र शुक्रबार २ दिन अभिमुखीकरण कार्यक्रम भएको हो । वडा कार्यालयको सहयोगमा युवा विकासका लागि युवा एकता (युफिड) मकवानपुरले अभिमुखीकरण कार्यक्रम गरेको हो ।

बिहिबार हेटौँडा–१५ स्थित दिव्यसेवा निकेतनमा अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको थियो भने शुक्रबार चुरियामाई माविमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहिबार युफिडका अध्यक्ष गोकर्ण तिवारीको अध्यक्षता तथा वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा अभिमुखीकरणको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा रामकृष्ण थापा र सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।