हेटौँडाः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका ९ नम्बर वडा कमिटीले धार्मिक एवम् पर्यटकीयस्थल कुष्माण्डप सरोवर त्रिवेणीधाम परिसरमा सरसफाई गरेको छ । संघको ३५ औं स्थापना दिवसको अवसरमा मंगलबार सरसफाई गरिएको युवा संघ हेटौँडा–९ का अध्यक्ष सुदर्शन भट्टराईले जानकारी दिनुभयो ।
संघले ७० जना युवाको सहभागितामा त्रिवेणीधाम परिसरमा कुहिने र नकुहिने दुवै प्रकारका फोहोर, खोलामा मिसिएको फोहोर र शव अन्त्येष्टि गर्ने घाट वरिपरीका सबै फोहोरहरु सरसफाई गरेको अध्यक्ष भट्टराईले बताउनुभयो । गत बैशाख २२ गतेको अधिवेशनबाट निर्वाचित कमिटीले २५ गते बैठक बसेर उक्त त्रिवेणीधाम परिसरमा सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।