सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा–१८, हर्नामाडी निवासी गंगाकुमारी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा लागूऔषध दूव्र्यसनहरुको पुनस्र्थापना केन्द्र मकवानपुर रिकभरिङ समूहलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । आज बिहान हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहलाई १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।

जेसीआई हेटौंडा लेडीको समन्वयमा श्रेष्ठले खाद्यान्न सहयोग गर्नुभएको हो । जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा भएको खाद्यान्न हस्तान्तरण कार्यक्रममा सहयोगी गंगा कुमारी श्रेष्ठको श्रीमान् शिवनारायण श्रेष्ठ, मकवानपुर रिकभरिङ समूहका अध्यक्ष सुरज विक्रम राणा, जेसीआई हेटौंडाका अध्यक्ष राजदेव बनियाँ, जेसीआई हेटौंडा लेडीका पूर्वअध्यक्षहरु निलम पाण्डे, रश्मि बस्नेत, सुस्मा लटौला खरेलको पनि उपस्थिति रहेको थियो ।

आफ्नो जन्मदिनमा लागूऔषध दूव्र्यसन न्यूनीकरणमा क्रियाशील संस्थालाई सहयोग गर्न पाएकोमा खुसी लागेको सहयोगी श्रेष्ठले बताउनुभयो । कार्यक्रममा मकवानपुर रिकभरिङ समूहका सचिव सन्दीप शाक्यले लागूऔषध दूव्र्यसनमा समुदायका सबैखाले परिवारका सदस्य फस्दै गएको उल्लेख गर्नुहुँदै चिन्ता व्यक्त गर्नुभएको छ ।