हेटौंडाः हेटौंडा–६, हात्तिलेटमा आज बिहान भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको मौज्दात घटेका बेला आयोजित रक्तदान कार्यक्रमले मागअनुसारको रगत उपलब्ध गराउन सहज भएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
रामनगर युवा क्लबका अध्यक्ष रत्नबहादुर खड्काको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोलाको पनि उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।