हेटौंडाः हेटौंडा उपमहानगरपालिकाअन्तर्गत् रहेका सामुदायिक विद्यालयको प्रधानाध्यापक (प्रअ)हरुको बैठक आज बिहीबार बस्दैछ । बैठक हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलमा दिउँसो २ बजे बस्ने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो ।
बैठकमा उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार, वर्तमान अवस्था, अवसर र चुनौतीहरुका बारेमा छलफल हुने उहाँले बताउनुभयो । बैठकमा सबै प्रअहरुलाई अनिवार्य उपस्थित हुन भनिएको उहाँले बताउनुभयो । उपमहानगरभित्र ७३ वटा सामुदायिक विद्यालयहरु छन् ।