Home समाचार नगर अपाङ्ग समितिका पदाधिकारीलाई अभिमुखीकरण

नगर अपाङ्ग समितिका पदाधिकारीलाई अभिमुखीकरण

हेटौंडाः अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा नगर अपाङ्ग समितिका पदाधिकारीहरुलाई बिहीबार एकदिने अभिमुखीकरण कार्यक्रम भएको छ । समुदायमा आधारित पुनस्र्थापना (सवर) अन्तर्गत राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका कार्यक्रम अधिकृत सीता मल्ल र हेटौंडा उपमहानगरपालिकाकी महिला विकास महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरका १९ वटै वडाका अपाङ्ग समितिका अध्यक्ष र सचिवहरुको उपस्थिति रहको थियो । कार्यक्रममा अपाङ्ग समितिका पदाधिकारीहरुले वडामा जनप्रतिनिधीले अपाङ्गता भएका व्यक्तिहरुको समस्या नबुझेको गुनासो गरेका थिए । समितिका पदाधिकारीहरुको दायित्व, कर्तव्यका बारेमा पनि छलफल भएको थियो ।

जनप्रतिनिधीहरुसँग आवश्यक समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको समस्या वडास्तरमै समाधान गर्नुपर्ने अपाङ्ग महासंघ बागमती प्रदेशका कार्यक्रम संयोजक सीता मल्लले बताउनुभयो । उहाँले अब अपाङ्गता सम्बन्धी कार्यक्रमहरु वडास्तरमा लिएर जाने बताउनुभयो । अपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङबोको सभाध्यक्षतामा भएको कार्यक्रम गैसस महासंघ वनस्खण्डीको सभाहलमा भएको थियो । कार्यक्रममा भौतिक दुरीको पनि पालना गरिएको थियो ।

Exit mobile version