४ नम्बर वडाको टिमलाई उपाधि हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख मीनाकुमारी लामा ।

हेटौँडाः लामसुरे खेलकुद विकास समितिको आयोजनामा हेटौँडामा भएको दोस्रो संस्करणको मोहन श्रेष्ठ स्मृति अन्तरवडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ४ नम्बर वडाले जितको छ । शनिबार भएको फाइनल खेलमा ९ नम्बर वडालाई ३–० गोलअन्तरले हराउँदै ४ नम्बरले उपाधि जितेको हो ।

४ नम्बरको जितमा भीमबहादुर श्रेष्ठ २ गोल र डेविन श्रेष्ठले १ गोल गरे । खेलको म्यान अफ द म्याच मदन श्रेष्ठ घोषित भएका छन् । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता टिमले ६५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सेमिफाइनलमा पराजित हुने १३ नम्बर वडा र १० नम्बर वडाले १५–१५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पुरस्कार वितरण गनुभएको हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी ९ नम्बर वडाका अखिललाल श्रेष्ठ, उत्कृष्ट फरवार्ड ४ नम्बर वडाका भीमबहादुर लामा र उत्कृष्ट प्रशिक्षक कविन सांगामी र बुद्ध लामा घोषित भएका छन् । पुरस्कार वितरण कार्यक्रममा लामसुरे खेलकुदका अध्यक्ष विष्णु राना मगरको सभाध्यक्षता रहको थियो । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो ।