हेटौंडाः सन्त निराकारी मण्डल नेपाल शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौंडा–९, लामसुरेमा भएको रक्तदान कार्यक्रममा ५ जना महिला र १७ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका इन्चार्ज टंक दहालले जानकारी दिनुभयो ।
मण्डलबाट प्रत्येक वर्ष रक्तदान कार्यक्रम हुँदै आएको छ । रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग भएको थियोे । आउँदो दिनमा पनि विभिन्न संघसंस्था तथा निकायहरुबाट रक्तदान कार्यक्रम आयोजना हुने अपेक्षा राखिएको दहालको भनाइ छ । अहिले केन्द्रमा रगतको अभाव नरहेको उहाँले बताउनुभयो ।