हेटौँडाः हेटौँडा–१०, बसपार्कमा खुकुरी प्रहारबाट एक जना किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१६, महेन्द्रनगरका १९ वर्षीय आयुष कुँवर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शनिबार बिहान २ बजेर ३० मिनेकटको समयमा हेटौँडा–३, बसामाडी घर भई हाल हेटौँडा–११, थानाभ¥याङमा डेरा गरी बस्ने २० वर्षीय समीर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले कुवँरलाई खुकुरी प्रहार गरेको जनाएको छ । खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छी औलामा चोट लागेको छ । घाइते कुवँरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा अवस्था गम्भीर भएपछि थप उपचारको लागि बिहान ३ बजेर ४० मिनेटको समयमा सीएमसी चुरेहिल अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।