सांकेतिक तस्वीर ।

हेटौँडाः धादिङ जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका–१, पहरेकुनामा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, बस्ने ६१ वर्षीया सावित्री अधिकार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार अधिकारी अचानेटारबाट रातोमाटेतर्फ जाने क्रममा पहरे भिरबाट लडी घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।