हेटौंडाः हेटौंडा–६ को स्वास्थ्य चौकीले ४ जना स्वास्थ्य स्वयम्सेविकालाई साइकल प्रदान गरेको छ । बिहीबार ६ नम्बर वडा कार्यालयको आयोजनामा जनता स्वास्थ्य घरदैलो तथा योजना तर्जुमा गोष्ठी कार्यक्रमअन्तगर्त वडाभित्र रहेका ४ जना स्वयम्सेविकाहरुलाई प्रोत्साहनस्वरुप साइकल वितरण गरिएको महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका रेखा मैनालीले जानकारी दिनुभयो ।
साइकल वितरण हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु दहालको प्रमुख आतिथ्य रहेको थियो ।