स्रष्टालाई सम्मान गरिदै

हेटौंडाः सिस्नुपानी नेपाल मकवानपुरले २ जना स्रष्टालाई सम्मान गरेको छ । संस्थाले बुधबार आफ्नो स्थापना दिवसको अवसरमा दाङ जिल्लाका उत्तमकृष्ण मजगैयालाई र मोरङ जिल्लाका अनिल पौडेललाई सम्मान गरेको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका पूर्वअध्यक्ष डा.गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको हास्यव्यङ्ग्य साहित्य सम्मान २०८० बाट मजगैयालाई २५ हजार रुपैयाँको नगद राशिसहित सम्मान गरिएको हो । व्यङ्ग्यसम्बन्धी विभिन्न विधामा कलम चलाउँदै आउनुभएका योग्दानको मुल्याङ्कन गर्दै मजगैयालाई सम्मान गरिएको हो ।

यस्तै, आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८० बाट पौडेललाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । साहित्यको श्रीवृद्धिमा पु¥याएको योग्दानको कदर गर्दै रिजालले स्थापना गर्नुभएको पुरस्कारबाट पौडेललाई सम्मान गरिएको हो ।

सिस्नुपानी नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्य तथा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा–४, का अध्यक्ष नवीन सिग्देल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको पनि उपस्थिति रहेको थियो ।