बागमती प्रदेश सभा सचिवालय ।

हेटौँडाः बागमती प्रदेश सभाको जारी १३ औं अधिवेशन अन्त्य भएको छ । बागमती प्रदेश सरकारको बुधबार बसेको बैठकले प्रदेश प्रमुख समक्ष जारी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको सिफारिस लगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार साँझ नै प्रदेश सभाको जारी अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको छ । “बागमती प्रदेश मन्त्रीपरिषद्मा नेपालको संविधानको धारा १८३ को उपाधारा (२) बमोजिम २०८१ साल बैशाख १२ गते बुधबार राती १२ बजेदेखि प्रदेश सभाको तेह्रौं अधिवेशन अन्त्य गरेको छु”, प्रदेश प्रमुखको हस्ताक्षरमा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।

बागमती प्रदेश सभाको १३ औं अधिवेशन अन्त्य गरिएको जानकारी गराउन प्रदेश प्रमुखले जारी गर्नुभएको सूचना ।