बल हस्तान्तरण गरेर प्रशिक्षणको सुरुवात गर्नुहुँदै वडाअध्यक्ष रामकृष्ण थापा ।

हेटौँडाः हेटौँडा–८, कमानेमा कमाने फुटबल एकेडेमी सञ्चालनमा आएको छ । एकेडेमीले सोमबारबाट वडाभित्रका ४० जनालाई निःशुल्क फुटबल प्रशिक्षण गराउन सुरु गरेको हो ।

सोमबार हेटौँडा–८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा खेलकुद विकास समितिका अध्यक्ष उमेश थापा मगर र एकेडेमीका संयोजक रमेश थापाको उपस्थितिमा प्रशिक्षण सुरु गरिएको छ । चन्द्रोदय माविको खेलमैदानमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म चल्ने प्रशिक्षणमा विनय कार्की र ज्ञानु क्षेत्रीले प्रशिक्षण गराउनुहुनेछ ।

प्रशिक्षणमा ८ देखि १६ वर्ष उमेर समूहका किशोर खेलाडीको संख्या बढी छ । प्रशिक्षणका लागि वडाले एकेडेमीलाई सहयोग गर्ने वडा खेलकुद विकास समितिका अध्यक्ष मगरले जानकारी दिनुभएको छ ।