हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–६, ज्यामिरेमा तातो पानीले पोलेर बालिका गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा अन्जित तामाङको ३ वर्षीया छोरी पेम्बा मोक्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
कुखुरा सफा गर्न उमालेर राखेको पानीले पोलेर पेम्बा घाइते भएकी हुन् । पेम्बालाई उपचारका लागि २ बजेको समयमा हेटौँडा अस्पताल ल्याइएको छ । मोक्तानको शरीरको अधिकांश भाग पोलेको छ । थप उपचारका लागि सोमबार राती ९ बजे कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।