हेटौँडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–६, टिकुले बस्ने चौरे स्याङ्तानका छोरा ६ वर्षीय छोरा सन्दीप स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

शनिबार दिउँसो साढे २ बजेको समयमा स्याङ्तान बकैया खोलामा पौडी खेल्ने क्रममा डुबी घाइते भएका थिए । घाइते स्याङ्तानलाई उपचारका लागि सामुदायिक प्रसुतिगृह अस्पताल निजगढ, बारामा लगिएको थियो । उपचारको क्रममा स्याङ्तानको ३ बजेर १५ मिनेटको समयमा मृत्यु भएको हो । स्याङ्तानको शव सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा नै रहेको प्रहरीले जानकारी दिएको छ ।