केन्द्रियस्तरको राष्ट्रयपति रनिङशिल्ड प्रतियोगितामा प्रथम हुने टिम

हेटौँडाः राष्ट्रय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको केन्द्रीयस्तरको राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार काठमाडौंको दशरथ रंगशालामा सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले १९ वटा स्वर्ण, १२ वटा रजत र १८ वटा कास्य गरी ४९ पदक प्राप्त गर्दै प्रथम भएको छ भने दोस्रो हुने बागमतीले १७ वटा स्वर्ण, १३ वटा रजत र १५ वटा कास्य गरी ४५ वटा पदक प्राप्त गरेको छ । कर्णाली प्रदेशले १० वटा स्वर्ण, ५ वटा रजत र १६ वटा कास्य गरी ३१ वटा पदक प्राप्त गर्दै तेस्रो भएको हो । यस्तै, कोशी प्रदेशले ८ स्वर्ण, ९ रजत र ९ कास्य प्राप्त गर्दै चौथो स्थानमा परेको छ भने लुम्बिनीले ६ स्वर्ण, ११ रजत र १८ कास्य पदक प्राप्त गर्दै पाँचौं स्थानमा परेको छ । गण्डकीले ३ स्वर्ण, १० रजत र १३ कास्य पदक प्राप्त गर्दै छैटौं भएको छ ।

भलिबलतर्फ लुम्बिनी प्रदेश प्रथम, बागमती द्वितीय र गण्डकी तृतीय भएको छ । कराँतेतर्फको खेलमा ४ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेको बागमती प्रदेश प्रथम भएको छ । २ स्वर्ण, ५ रजत र १ कास्य पदक प्राप्त गर्दै कोशी प्रदेश द्वितीय भएको छ । २ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको लुम्बिनी तृतीय भएको छ । कराँतेमा सुदूरपश्चिम र कर्णाली प्रदेशले समान २ स्वर्ण र ५ कास्य प्राप्त गरेको छ । मधेश प्रदेशले ३ रजत र ४ कास्य तथा गण्डकी प्रदेशले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ ।

तेक्वान्दोतर्फ ४ स्वर्ण, १ रजत र ५ कास्य पदक प्राप्त गर्दै बागमती प्रदेश प्रथम भएको छ । ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक प्राप्त गरेको कोशी प्रदेश द्वितीय भएको छ भने ३ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेको सुदूरपश्चिम प्रदेश तृतीय भएको छ । यस्तै, मधेश प्रदेशले १ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गर्दा कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत पदक प्राप्त गरेको छ । स्वर्णबिहीन भएको गण्डकी र लुम्बिनी प्रदेशले क्रमशः ३ रजत, ४ कास्य र ३ रजत र ३ कास्य पदक प्राप्त गरेको छ ।

उसुतर्फको खेलमा ५ स्वर्ण, ५ रजत र २ कास्य पदक प्राप्त गर्दै बागमती प्रदेश प्रथम भएको छ । ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरेको सुदूरपश्चिम प्रदेश द्वितीय भएको छ भने २ स्वर्ण र २ रजत पदक प्राप्त गरेको कोशी प्रदेश तृतीय भएको छ । स्वर्णबिहीन हुँदै लुम्बिनी प्रदेशले २ रजत र ५ कास्य पदक प्राप्त गरेको छ भने कर्णाली प्रदेशले २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ , यस्तै, गण्डकी प्रदेशले २ वटा कास्य पदक प्राप्त गरेको छ ।

कबड्डीतर्फको खेलमा सुदूरपश्चिमले २ वटा स्वर्ण पदक प्राप्त गर्दै प्रथम भएको छ भने लुम्बिनीले १ रजत र १ कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ । बागमती, कर्णाली र मधेश प्रदेशले समान १–१ वटा रजत पदक प्राप्त गरेको छ । कोशीले १ रजत पदक प्राप्त गरेको छ । गण्डकी प्रदेश पदकबिहीन बन्न पुगेको छ ।

एथ्लेटिक्सतर्फको खेलमा सुदूरपश्चिम प्रदेशले ७ वटा स्वर्ण, ९ वटा रजत र ७ वटा कास्य पदक प्राप्त गर्दै प्रथम भएको छ । कर्णालीले ७ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ । बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक प्राप्त गर्दै तृतीय भएको छ भने लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ७ कास्य पदक गर्दै तालिकाको चौथो स्थानमा परेको छ । गण्डकी प्रदेशले ३ स्वर्ण, ४ रजत र २ कास्य पदक प्राप्त गर्दै तालिकाको पाचौँ स्थानमा परेको छ । २ स्वर्ण र २ रजत पदक प्राप्त गरेको मधेश तालिको छैठौँ स्थानमा परेको छ भने तालिकाको पुच्छारमा परेको कोशी प्रदेशले १ स्वर्ण र १ रजत पदक प्राप्त गरेको छ ।