Home खेलकुद केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नः सूदुरपश्चिम पहिलो हुँदा बागमती प्रदेश दोस्रो

केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नः सूदुरपश्चिम पहिलो हुँदा बागमती प्रदेश दोस्रो

केन्द्रियस्तरको राष्ट्रयपति रनिङशिल्ड प्रतियोगितामा प्रथम हुने टिम

हेटौँडाः राष्ट्रय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको केन्द्रीयस्तरको राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार काठमाडौंको दशरथ रंगशालामा सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले १९ वटा स्वर्ण, १२ वटा रजत र १८ वटा कास्य गरी ४९ पदक प्राप्त गर्दै प्रथम भएको छ भने दोस्रो हुने बागमतीले १७ वटा स्वर्ण, १३ वटा रजत र १५ वटा कास्य गरी ४५ वटा पदक प्राप्त गरेको छ । कर्णाली प्रदेशले १० वटा स्वर्ण, ५ वटा रजत र १६ वटा कास्य गरी ३१ वटा पदक प्राप्त गर्दै तेस्रो भएको हो । यस्तै, कोशी प्रदेशले ८ स्वर्ण, ९ रजत र ९ कास्य प्राप्त गर्दै चौथो स्थानमा परेको छ भने लुम्बिनीले ६ स्वर्ण, ११ रजत र १८ कास्य पदक प्राप्त गर्दै पाँचौं स्थानमा परेको छ । गण्डकीले ३ स्वर्ण, १० रजत र १३ कास्य पदक प्राप्त गर्दै छैटौं भएको छ ।

भलिबलतर्फ लुम्बिनी प्रदेश प्रथम, बागमती द्वितीय र गण्डकी तृतीय भएको छ । कराँतेतर्फको खेलमा ४ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेको बागमती प्रदेश प्रथम भएको छ । २ स्वर्ण, ५ रजत र १ कास्य पदक प्राप्त गर्दै कोशी प्रदेश द्वितीय भएको छ । २ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको लुम्बिनी तृतीय भएको छ । कराँतेमा सुदूरपश्चिम र कर्णाली प्रदेशले समान २ स्वर्ण र ५ कास्य प्राप्त गरेको छ । मधेश प्रदेशले ३ रजत र ४ कास्य तथा गण्डकी प्रदेशले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ ।

तेक्वान्दोतर्फ ४ स्वर्ण, १ रजत र ५ कास्य पदक प्राप्त गर्दै बागमती प्रदेश प्रथम भएको छ । ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक प्राप्त गरेको कोशी प्रदेश द्वितीय भएको छ भने ३ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेको सुदूरपश्चिम प्रदेश तृतीय भएको छ । यस्तै, मधेश प्रदेशले १ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गर्दा कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत पदक प्राप्त गरेको छ । स्वर्णबिहीन भएको गण्डकी र लुम्बिनी प्रदेशले क्रमशः ३ रजत, ४ कास्य र ३ रजत र ३ कास्य पदक प्राप्त गरेको छ ।

उसुतर्फको खेलमा ५ स्वर्ण, ५ रजत र २ कास्य पदक प्राप्त गर्दै बागमती प्रदेश प्रथम भएको छ । ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरेको सुदूरपश्चिम प्रदेश द्वितीय भएको छ भने २ स्वर्ण र २ रजत पदक प्राप्त गरेको कोशी प्रदेश तृतीय भएको छ । स्वर्णबिहीन हुँदै लुम्बिनी प्रदेशले २ रजत र ५ कास्य पदक प्राप्त गरेको छ भने कर्णाली प्रदेशले २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ , यस्तै, गण्डकी प्रदेशले २ वटा कास्य पदक प्राप्त गरेको छ ।

कबड्डीतर्फको खेलमा सुदूरपश्चिमले २ वटा स्वर्ण पदक प्राप्त गर्दै प्रथम भएको छ भने लुम्बिनीले १ रजत र १ कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ । बागमती, कर्णाली र मधेश प्रदेशले समान १–१ वटा रजत पदक प्राप्त गरेको छ । कोशीले १ रजत पदक प्राप्त गरेको छ । गण्डकी प्रदेश पदकबिहीन बन्न पुगेको छ ।

एथ्लेटिक्सतर्फको खेलमा सुदूरपश्चिम प्रदेशले ७ वटा स्वर्ण, ९ वटा रजत र ७ वटा कास्य पदक प्राप्त गर्दै प्रथम भएको छ । कर्णालीले ७ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ । बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक प्राप्त गर्दै तृतीय भएको छ भने लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ७ कास्य पदक गर्दै तालिकाको चौथो स्थानमा परेको छ । गण्डकी प्रदेशले ३ स्वर्ण, ४ रजत र २ कास्य पदक प्राप्त गर्दै तालिकाको पाचौँ स्थानमा परेको छ । २ स्वर्ण र २ रजत पदक प्राप्त गरेको मधेश तालिको छैठौँ स्थानमा परेको छ भने तालिकाको पुच्छारमा परेको कोशी प्रदेशले १ स्वर्ण र १ रजत पदक प्राप्त गरेको छ ।

Exit mobile version