सांकेतिक तस्वीर ।

हेटौंडाः विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा एकैदिन ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–७, बेईनिङ प्लानको जङ्गलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा धुलिखेल नगरपालिका–३, बाँसघारी बस्ने ४२ वर्षीय राज कुमार न्यौपान रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार न्यौपाने भक्तपुर जान्छु भनि घरबाट हिडेकोमा शुक्रबार बिहान ८ बजेर २० मिनेटको समयमा घाँस काट्न गएको मानिसहरुले जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–८, खानिखोलामा एक जना पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेको समयमा त्रिभुवन राजपथको सडक छेउमा हाल नाम थर नखुलेको, मागी खाई हिड्ने अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागिका टिचिङ अस्पताल काठमाण्डौ पठाएको छ ।

यस्तै, रामेछाप जिल्लाको मन्थली नगरपालिका–४, सिम्लेमा कुवामा डुबिरहेको अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा २६ वर्षीय हर्क बहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार भुजेल देवीथान स्थित कुवामा डुविरहेको अवस्थामा फेला पारी कुवाबाट बाहिर निकाली हेर्दा मृत्यु भईससकेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका–५, धारवतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका–१, बस्ने १७ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मान बहादुर थामी र १९ वर्षीय दिपेन्द्र थामि रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान ६ बजेर १५ मिनेटको समयमा बा ४ ख ५६१६ नम्बरको बस सुस्तबाट सिन्धुपाल्चोकको मुलावारीमा जन्ती लिएर जाँदै गर्दा सडकबाट चिप्लिएर एक सय मिटर तल खसेको थियो । बसमा सवार ५५ जना मध्य ३ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने ७ जना सिकिस्त र बाँकी सामान्य घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि विभिन्न अस्पताल लगिएकोमा सामान्य उपचार पश्चात २९ डिस्चार्ज जना, ८ जना ट्रमा सेन्टरमा उपचाररत, २ जना सिन्धुसदाबहारमा उपचाररत १३ जनासामुदायीक अस्पताल चरीकोट दोलखामा उपचाररत रहको प्रहरीले जानकारी दिएको छ ।