सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–४, माथिल्लो मसिनेबाट १ क्विन्टल ५० किलो लागुऔषध गाँजासहित ७ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।

मंगलबार पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा खटिएको पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले पर्सा जिल्लातर्फ लैजाँदै गरेको अस्थामा पैदल हिँडिरहेका उनीहरुको साथबाट १ क्विन्टल ५० किलो लागुऔषध गाँजा बरामद गरेको थियो ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३, बस्ने १५ वर्षीय सुरेश प्रजा, गाउँपालिका–७ का १९ वर्षीय टिकाराम प्रजा, कैलाश गाउँपालिका–४ का २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय बीरमान प्रजा, मनहरी गाउँपालिका–३, हाँडीखोलाका ४४ वर्षीय रामहरी लुईटेल र मनहरी गाउँपालिका–५ का ३६ वर्षीय दीपक थापा मगर रहेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । लागुऔषध गाँजासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा राखिएको छ ।