हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १८ औँ वार्षिक साधारणसभा बैशाख १९ गते हुने भएको छ । शुक्रबार बसेको महासंघको कार्यसमिति बैठकले साधारणसभा बैशाख १९ गते गर्ने निर्णय गरेको महासंघका सचिव शुभलक्ष्मी विश्वकर्माले सूचना प्रकाशन गर्दै जानकारी दिनुभएको हो ।

यसअघि चैत २५ गते गर्ने भनेको साधारणसभा तथा अधिवेशन स्थगित भएको थियो । हेटौंडा–२ स्थित पल्पसा सदनमा हुने साधारणसभामा उपस्थित हुन सदस्यहरुलाई सूचनामार्फत् अनुरोध गरिएको छ ।