फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा जारी अन्तरप्रदेश राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश फाइनलमा प्रवेश गरेको छ । बिहीबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा कर्णाली प्रदेशलाई टाइबे्रकरमा ६–५ गोल अन्तरले हराउँदै बागमती प्रदेश फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएर खेल टाइब्रकेरमा पुगेको थियो । टाइब्रेकरमा पनि उत्तिकै प्रतिस्पर्धा भएर ४–४ गोलको बराबरीमा रोकिएर खेल सड्न डेथमा पुगेको थियो । सड्न डेथमा दुबै पक्षबाट २–२ जना खेलाडीले बल प्रहार गर्दा बागमतीको खेलाडीले प्रहार गरेको दुबै बल गोलमा परिणत भएको हो भने कर्णालीबाट १ जनाको प्रहारमात्र गोलमा परिणत भएको कारणले हार व्यवर्होनुपर्यो।

खेलको म्यान अफ द म्याच बागमतीका मकवानपुरे खेलाडी कृशल मोक्तान घोषित भएका छन् । अब बैशाख २ गते हुने फाइनल खेलमा बागमतीले कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगितामा ७ वटा प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि र उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।