गीतकार राजेन्द्र थापालाई सम्मान गरिँदै ।

हेटौँडाः भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले वरिष्ठ गीतकार राजेन्द्र थापालाई विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८० बाट सम्मान गरिएको छ । बिहिबार हेटौँडामा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ साहित्यकार थापालाई एक लाख रुपैयाँ नगद राशीसहित सम्मान गरिएको हो ।

व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा पुरस्कार स्थापना गर्नुभएको हो । पाँच दशक भन्दा लामो समयबाट गीत लेखनको माध्यमबाट उत्साहका साथ अविच्छिन्न रुपमा नेपाली चलचित्र तथा सुगम संगीतको आयामलाई विश्व जगतमा परिचित गराउन दिएको योदनाको कदर गर्दै वरिष्ठ गायक थापालाई सम्मान गरिएको आयोजकले जनाएको छ । यस्तै भीम विराग युवा संगीत पुरस्कार २०७९ बाट गायिका निशा देशारलाई सम्मान गरिएको छ । २ दशकदेखि गायन कलाको माध्यमले आधुनिक नेपाली सुगम संगीतको वृद्धि गर्नका लागि पु¥याएको योगदानको कदर गर्दै तेस्रो युवा संगीत पुरस्कार २०७९ बाट देशारलाई २५ हजार रुपैयाँको नगद राशी सहित सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभाध्यक्षमा तथा वरिष्ठ साहित्यकार नगेन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, पुरस्कारका संस्थापक कन्हैयाकृष्ण श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।