हेटौँडाः चितवन जिल्लाको छुट्टाछुट्टै स्थानबाट १२ किलो लागुऔषध गाँजासहित ४ जना महिला र २ जना पुरुषलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–७, सिमलडाँडाबाट ११ किलो लागुऔषध गाँजासहित ४ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया नरमाया गुरुङ, २२ वर्षीया संगीता गुरुङ, १६ वर्षीया संजिता गुरुङ र ६७ वर्षीया शनसरा गुरुङको रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो ४ बजेको समयमा अवैध लागुऔषध गाँजाको कारोवार भइरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी टोली खटी गई सुरक्षा जाँच गर्दा उनिहरुको साथबाट ११ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजासहित ४ जनालाई नियन्त्रणमा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय टाँडीमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, जखडीमाई टोलबाट प्रहरीले ७ सय २८ ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २० वर्षीय विबेक थापा मगर र धादिङ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २६ वर्षीय सुनिल गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार ना ४८ प ९३६३ नम्बरको मोटरसाइकलकामा सवार उनिहरुलाई शंका लागि सुरक्षाजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध गाँजा ७ सय २८ ग्राम गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ ।