हेटौंडाः मकवानपुर उद्योग बाणिज्य संघले लकडाउनको परिस्थितिमा समुदायमा अग्रभागमा बसेर काम गर्ने ट्राफिक प्रहरीहरुलाई एन ९५ मास्क हस्तान्तरण गरेको छ ।
३७ थान एन ९५ माक्स जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरिविष्णु ढकाललाई हस्तान्तरण गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ । ट्राफिक प्रहरीलाई मास्कका साथै सुरक्षित कालो चश्मा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा ट्राफिक प्रहरीको दरबन्दीअनुसार सबैलाई भाग पुग्ने गरी ३७ थान मास्क र चश्मा सहयोग गरिएको हो ।