समिति चयनपछि सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–२ स्थित ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौंडा–४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको छ । शनिबार विशेष साधारणसभा गर्दै दुई सहकारी एकीकरण भएको हो ।

विशेष साधारणसभाले विवेक पराजुलीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला श्रेष्ठ, सचिवमा विष्णु केसी र कोषाध्यक्षमा श्यामकुमार लो चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा विश्वराज खतिवडा, गणेश खड्गे र लक्ष्मी बस्ताकोटी चयन हुनुभएको छ । सभाले नारायण आचार्यको अध्यक्षतामा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । लेखा समितिमा गंगामाया राना र नारायणप्रसाद अधिकारी सदस्य रहनुभएको छ । एकीकरणपश्चात् संस्थाको शेयर पुँजी १ करोड १० लाख र कारोबार ४ करोड रुपैयाँ पुगेको छ । यस्तै, संस्थाको शेयर सदस्य संख्या ४ सय ८० जना पुगेको छ । दुई संस्था एकीकरण भएर ज्योति बचत तथा ऋण सहकारी संस्था भएको छ ।

ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विवेक पराजुलीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेलको प्रमुख आतिथ्यमा विशेष साधारणसभा भएको हो । सभामा सहकारी बैंक हेटौंडाका शाखा प्रमुख रामेश्वर अर्याल, सजिलो उपभोक्ता सहकारी संस्थाका पूर्वअध्यक्ष उत्तमप्रसाद कुईंकेल, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दहाललगायतको आतिथ्य रहेको थियो