हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ८० दलित विद्यार्थीहरुलाई निशुल्क स्टेसनरी सामाग्री वितरण गरिएको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा स्टेशनरी सामाग्री वितरण गरिएको वडा नम्बर १ का वडा सदस्य इश्वरी रसाईलीले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का सबै विद्यालयका ८० दलित विद्यार्थीलाई कापी, कलम, इरेजर वितरण गरिएको हो । कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी डेढ दर्जन कापी, कलम, इरेजर, कटर वितरण गरिएको छ । त्यस्तै कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई २ दर्जन कापी, १ प्याकेट डटपेन वितरण गरिएको छ । हेटौंडा–१ को चाइनाक्वाटर, जरुवाटोल लगायतका क्षेत्रका दलित विद्यार्थीलाई वितरण गरिएको वडासदस्य ईश्वरी रसाइलीले बताउनुभयो ।
त्यस्तै १ नम्बर वडाका अन्य स्थानहरुमा पनि शैक्षिक सामग्री वितरण गरिने उहा“ले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको दलित उत्थान कार्यक्रम अन्तर्गत १ लाख बजेटबाट उक्त स्टेसनरी वितरण गरिएको हो । दलित वडा समन्वय समितिका अध्यक्ष सबिता रसाइलीको सभाध्यक्षतामा भएको वितरण कार्यक्रममा हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपानेकोे पनि उपस्थिती रहेको थियो ।