हेटौँडाः त्रिशक्ति एकादशी संस्कृति समाज हेटौँडा शाखाको सोमबार समिति गठन भएको छ । रविन्द्र प्रसाद सिग्देलको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा जानुका सुवेदी पराजुली, सचिवमा स्वस्ती आचार्य, सहसचिवमा रेखा रिजाल, कोषाध्यक्ष सुधा ढुंगाना लगायत ९ सदस्यीय हेटौँडा शाखा गठन भएको त्रिशक्ति एकादशी संस्कृत समाजको सदस्य विष्णु अर्यालले जानकारी दिनुभयो ।
कोरोनाको समयमा घर–घरमा गुरुकुल अभियान जुममार्फत सुरु भएको थियो । अहिले पनि जुम मार्फत कक्षा सञ्चालन भइरहेको छ । हिन्दु धर्मको प्रचार गर्ने र संस्कृत भाषा जोगाउने प्रमुख उद्देश्य रहेको अर्यालले जानकारी दिनुभयो । चैत २३ गतेबाट एकादशी महात्मा निरन्तर सञ्चालन हुने र जस्को वाचन घर–घरको गुरुकुल अभियानमा शिक्षा लिइरहेको शिक्षार्थीहरुले वाचन गर्ने । जुममार्फत सञ्चालन घर–घर गुरुकुलमा धेरैजसो गृहिणीको सहभागिता रहने अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा गुरुकुल अभियानका संस्थाका आचार्य कपिल देव सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । महेश गुरुकुल देवघाटका प्राचार्य कमल सुवेदीको पनि आतिथ्य रहेको थियो ।