हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ५० वर्षिय मोतिराम पोखरेल आज आइसोलेसनबाट डिस्चार्ज भएका छन् । कोरोना पोजेटिभ भएको करिब १ महिनापछि उनले कोरोनालाई जितेका हुन् ।
उनको छैठौं र सातौं पटकको कोरोनाको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । उनलाई आज हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा, सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाई, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठ लगायतले विदाई गर्नुभएको थियो ।
हेटौंडाको कोरोना प्रयोगशालामा परिक्षण गरेर कोरोना पोजेटिभ भएका मध्ये निको भएर घर फर्कने मोतिराम दोस्रो व्यक्ति हुन् । यसअघि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को एक महिलाले कोरोनालाई जितेकी थिइन् ।