हेटौंडाः हेटौंडा–४ बस्ने ७ वर्षीया नाबालिकालाई बेचबेखिन गर्न भारततर्फ लैजाँदै गरेको अवस्थामा भारत बिहारका १९ वर्षकी रानि भन्ने ज्योति चौधरीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले हेटौंडाबाट प्रदेश ३–०३–००१–ह ००६१ नम्बरकोे अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा हेटौंडा–१५, पशुपतिनगरस्थित पूर्व–पश्चिम सडकखण्डबाट चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।