हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना पुष्टि भएको छ । जेठ २५ गते भारतबाट आएर सिधै क्वारेन्टाइनमा बसेका ६ जनामध्ये महिला पनि रहेको बुझिएको छ । उनीहरुलाई हेटौंडा-४ कर्रा स्थित आइसोलेसन वार्डमा ल्याउँदै छ ।