सांकेतिक तस्विर ।

हेटौँडाः हेटौँडा–१९, नेवारपानिबाट प्रहरीले लागुऔषध अफिमसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–३ हाडीखोला बस्ने ५० वर्षीय मोहन राज थिङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार राती ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानिबाट विषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हिडि रहेको अवस्थामा थिङलाई सुरक्षा जाँच गर्दा लागुऔषध अफिम ६ ग्राम फेला पारेको थियो । लागुऔषध अफिमसहित थिङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जानकारी दिएको छ ।