हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, स्थित रातामाटे चेकपोष्टबाट प्रहरीले लागुऔषध नाईट्रोभेटसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका–२ बस्ने २५ वर्षीय चरन राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार बिहान २ बजेर ३० मिनेटको समयमा पुर्व–पश्चिम सडक खण्डमा चेकिङ टोलीले धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४१५२ नम्बरको यात्रुवाहक बसलाई रोकी सुरक्षाजाँच गर्दा बसमा सवार राईको साथबाट लागुऔषध नाईट्रोभेट २ फाईल २० ट्याब्लेट फेला पारेको थियो । लागुऔषध नाईट्रोभेटसहित राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको र बसलाई गन्तव्य तर्फ पठाएको प्रहरीले जानकारी दिएको छ ।











