हेटौँडाः हेटौँडा–३, लेवटबाट मकवानपुर प्रहरीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं घर भई हाल मनहरी गाउँपालिका–३, पालदमार डेरा गरी बस्ने ३२ वर्षीय सुजन शाही रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा राप्ति खोलाको बगरमा बागमती प्रदेश ०२–०४६ प ७३१४ नम्बरको मोटरसाइकल पार्किङ गरी सोही स्थानमा लागुऔषध सेवन गरेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोलीले सुरक्षाजाँच गर्दा शाहीको साथबाट लागुऔषध फेला पारेको थियो । शाहीको साथबाट लागुऔषध नुर्फिन ४३ एम्पुल, फेनार्गन ४५ एम्पुल र डाईजेपाम ४३ एम्पुल फेला पारेको प्रहरीले जानकारी दिएको छ । लागुऔषधसहित शाहीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।