शैक्षिक महोत्सव आयोजनाको अवसरमा निकालिएको र्याली ।

हेटौँडाः हेटौँडा–१५ मा वडा बृहत शैक्षिक महोत्सव सुरु भएको छ । हेटौँडा–१५, फायरलाइनस्थित वनदेवी आधारभुत विद्यालय परिसरमा सोमबार नगरप्रमुख मिना कुमारी लामाले महोत्सवको उद्घाटन गर्नु भएको छ । महोत्सवमा ८ वटा सरकारी र २ वटा निजी गरी वडाका १० वटा विद्यालयको सहभागीता रहेको छ ।

महोत्सवको उद्घाटनअघि वनदेवी आधारभूत विद्यालय परिसरबाटै सुरु भएको ¥यालीले वडाका विभिन्न स्थानको परिक्रमा गरी महोत्सवस्थल वनदेवी आधारभूत विद्यालयमै पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा टोल विकास संस्था, आमा समूह, स्थानीय युवा, ज्येष्ठ नागरिक, बालबालिकाको समेत सहभागिता रहेको थियो । वडाअध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । महोत्सवमा विद्यार्थीले बनाएका शैक्षिक सामग्रीहरुको स्टल राखिएको छ । सोमबारबाट सुरु भएको महोत्सव बुधबारसम्म चल्नेछ । महोत्सवको अवसरमा विद्यार्थी बीच विविध खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।