मुक्तक मञ्चद्वारा सम्मानित तीन स्रष्टा ।

हेटौँडाः मुक्तक मञ्च मकवानपुरले तीनजना स्रष्टालाई सम्मान गरेको छ । सोमबार हेटौँडामा भएको मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनको अवसरमा इन्दिरादेवी मुक्त सम्मानबाट विर्खे अञ्जानलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित सम्मान गरिएको थियो । तारा स्मृति मुक्तक सम्मानबाट हरिकृष्ण काफ्लेलाई र बहादुररानन्द स्मृति मुक्तक सम्मानबाट दीपक समिपलाई ७ हजार ७ सय ७७ रुपैयाँको राशिसहित सम्मान गरिएको थियो ।

अधिवेशनले मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा सागर तिमल्सिना चयन हुनुभएको छ । अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा मेनु तिमल्सिना, सचिवमा सुवास सजल, सह–सचिवमा स्वस्तिका बानियाँ र अजर फुयाँल तथा कोषाध्यक्षमा मिथिला अधिकारी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा कमल नेपाल, अनु रोक्का, प्रविना प्रयासी, देव निर्दोष र बैकुण्ठ लामिछाने चयन हुनुभएको छ ।

मुक्तक मञ्च मकवानपुरको नवनिर्वाचित समिति ।

मुक्तक मञ्च मकवानपुरका निवर्तमान अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा देवराज खरेलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा मुक्तक मञ्चका केन्द्रीय सदस्य रामजी प्रसाद, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, हरिकृष्ण काफ्ले, दीपक समिपलगायतको आतिथ्य रहेको थियो ।